२५ असार २०८३, बिहीबार

मैदा कसरी बन्छ र यसको परिकार खाँदा के नोक्सानी हुन्छ ?

मैदा कसरी बन्छ र यसको परिकार खाँदा के नोक्सानी हुन्छ ?

 पाउरोटी, पूरी र समोसा जस्ता खानेकुरा तपाईं स्वाद मानी मानी खानुहुन्छ होला तर यी मैदाबाट बनेका खानेकुराले स्वास्थ्यलाई राम्रो गर्दैनन् । यहाँ हामी मैदा कसरी बन्छ र यसको परिकार खाँदा केकस्ता समस्या आउँछन् भनी चर्चा गर्नेछौं । 

मैदा त्यही गहुँबाट बन्छ जसको पीठोबाट हामी रोटी बनाएर खान्छौं । तर गहुँको आँटा र मैदा बनाउने प्रक्रियामा अन्तर हुन्छ । गहुँलाई सुकाएर मैदा बनाइन्छ । 

मिलमा मैदा बनाउनका लागि सबभन्दा पहिले गहुँको बाहिरी पत्रलाई हटाइनछ । गहुँमा भएका प्रोटीन र अन्य पोषक तत्त्व यही बाहिरी पत्रसँगै हराउँछन् । 

बाहिरी पत्र हटाइएपछि गहुँको बीचको सेतो भाग बाँकी रहन्छ र बाहिरी पत्र हटाउने प्रक्रियामा गहुँ मोटा टुक्राहरूमा टुट्छ । यी टुक्राबाट भुस निकालिन्छ र बाँकी रहेका कणहरूको सुजी बन्छ । भनेपछि गहुँबाट मैदा बनाउने प्रक्रियामा पहिला सुजी बन्छ ।

अन्तिम चरणमा गहुँका कणहरूलाई मज्जाले पिँधिन्छ र सेतो धूलो बनाइन्छ । यही सेतो धूलो मैदा हो जसबाट हामीहरू अनेकथरी परिकार बनउँछौं । 

मैदा बनाउने यो प्रक्रियाबाट तपाईंले थाहा पाइसक्नुभयो, गहुँबाट मैदा बनाउँदा गहुँका सबै पोषक तत्त्व नष्ट भइसकेका हुन्छन् । यसमा फाइबर पनि बाँकी रहँदैन । यसले गर्दा यो खाएपछि पच्न पाउँदैन र आन्द्रामा टाँसिन्छ । 

मैदाको परिकार धेरै खाँदा पेटसम्बन्धी अनेकौं समस्या आइलाग्छन् । सुस्वास्थ्यका लागि मैदा खान छोडिदिनुस् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्