०४ साउन २०८३, सोमबार

चारा घोटालाको तेस्रो मुद्दामा लालु यादवलाई पाँच वर्ष जेल सजाय

चारा घोटालाको तेस्रो मुद्दामा लालु यादवलाई पाँच वर्ष जेल सजाय

काठमाडौं, १० माघ — चारा घोटालाको तेस्रो मुद्दामा बुधवार लालु प्रसाद यादवलाई पाँच वर्षको कारावास सजाय सुनाइएको छ । 

सीबीआईको विशेष अदालतका न्यायाधीश एसएस प्रसादले चाईबासा कोषागारबाट अवैध तरिकाले निकालिएको ३३.६७ करोड भारुको मुद्दामा यो फैसला सुनाएका हुन् । 

अदालतले बिहारका पूर्वमुख्यमन्त्री जगन्नाथ त्रिपाठीलाई पनि दोषी ठहर गरेको छ । उनले पनि पाँच वर्षको सजाय पाएका छन् । 

यस मुद्दामा ६९ वर्षीय लालु यादवबाहेक ५० आरोपितहरूलाई पनि अदालतले दोषी ठहर गरेको छ । मुद्दामा ६ आरोपितले सफाइ पाएका छन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्