×

NMB BANK
NIC ASIA

मध्य हिँउदमा वर्षा, किसानलाई भयो हर्ष : बढ्ला उत्पादन ?

माघ १०, २०७४

NTC
Premier Steels

काठमाडौं, १० माघ- हिँउद सकिनै लाग्दा बुधबार एकाएक मैसममा बदली भयो । देशभर हल्का वर्षा भयो भने, उच्च पहाडी तथा हिमाली भेगमा हिउँ पर्‍यो ।

Muktinath Bank

जलवायु परिवर्तनका कारण मौसममा प्रतिकुल असर परिरहेका बेला समयमा पानी नपर्दा कृषिमा आधारित मुलुक नेपालमा गम्भीर असर देखिन थालेको छ । पर्याप्त सिँचाइ अभावमा आकाशे पानीमा निर्भर नेपालको कृषि प्रणालीमा नकारात्मक असर परिरहेको विज्ञहरु बताउँछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तो अवस्थामा बुधबार पानी पर्दा देशभरका कृषकलाई थोरै भए पनि राहत मिलेको छ । हिउँदे बाली तथा बर्खे बालीका लागि समयमा पानी नपर्ने मौसम यसपटक पनि दोहोरियो । पुस महिनाको दोस्रो सातासम्ममा पानी परिसक्नुपर्नेमा मध्य माघमा आइपुग्दा पानी परेको छ ।


Advertisment
Nabil box
Kumari

यसले गहुँ बालीलाई त्यति धेरै फाइदा नपुगे पनि सुख्खा रहनुभन्दा राम्रो भएको विज्ञहरुको भनाई छ ।

Vianet communication

कृषि विकास मन्त्रालयका सूचना अधिकारीसमेत रहेका वरिष्ठ कृषि अर्थविद् मणिरत्न अर्यालका अनुसार गहुँ बालीका लागि पुस दोस्रो साताभित्र पानी परे धेरै राम्रो मानिन्छ । ‘सामान्यतया हामीकहाँ मंसिर १५ गतेभित्र गहुँ छरिसकिन्छ, त्यसको २१ दिनभित्र पानी परे सबैभन्दा राम्रो मानिन्छ, तर पछिल्ला वर्षको अवस्था हेर्दा त्यो समयमा पानी पर्दैन, जसका कारण गहुँ उत्पादनमा समस्या देखिएको छ,’ उनले लोकान्तरसँग भने ।

गहुँ उत्पादनका लागि कृत्रिम सिँचाइभन्दा आकाशे पानी निकै राम्रो मानिने बताउँदै उनी भन्छन्, ‘केही वर्ष अगाडिसम्म गहुँ समयमा पानी पर्दा उत्पादनमा त्यति समस्या नभए पनि प्राविधिक अप्ठ्यारा थिए, गहुँ फलेपछि काटेर थन्क्याउन निकै समस्या हुने गर्थ्यो, अहिले गहुँ बाली थन्क्याउन त्यति समस्य नभएको पनि समयमा पानी नपर्दा उत्पादन घट्ने गरेको छ ।’

हिउँदे वा बर्खे बालीका लागि समयमा पानी परे बालीनालीका लागि अमृतसरह हुने विज्ञहरु बताउँछन् । अहिले नेपालमा करिब १० लाख हेक्टर जमिन गहुँ खेती गर्न योग्य छ ।  यसमध्ये यो वर्ष ७ लाख ४५ हजार ८ सय २३ हेक्टर क्षेत्रफलमा गहुँ छरिएको छ ।

बाँकी योग्य जमिनमा हिँदे तरकारी लगाउने गरिन्छ भने केही जमिन बर्खाको पानी नसुकेका कारण बाँझो रहने गर्छ ।

तरकारी खेतीका लागि पनि यो पानीले त्यति फाई नगर्ने अर्यालले बताए ।

यो वर्षाले राजधानीसहित शहरी क्षेत्रमा प्रदूषण कम गर्न पनि सहयोग पुगेको छ । लामो समयदेखि पानी नपर्दा वायुमण्डलमा थुप्रिएको प्रदूषण पखालिएको छ भने, धुलो पनि केही कम भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x