०१ असार २०८३, सोमबार

नवराज सिलवालले भने - मेरो ज्यान खतरामा छ

माघ ११, २०७४
नवराज सिलवालले भने - मेरो ज्यान खतरामा छ

काठमाडौँ, ११ माघ- किर्ते कागजातको अनुसन्धानका लागि प्रहरीको खोजी सूचीमा रहेका ललितपुर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पूर्वडीआईजी नवराज सिलवालले ‘प्रहरी महानिरीक्षक नियुक्ति प्रकरण’ को निष्पक्ष निकायबाट छानबिन माग गरेका छन् ।

उनले यो घटनाक्रममा आफ्नो विपक्षमा रहेकाबाटै छानबिन गरेर आफूलाई दोषी, अन्य सबैलाई निर्दोष साबित गर्ने खेल भइरहेको आरोप लगाएका छन् ।
‘प्रहरी महानिरीक्षक नियुक्ति प्रकरणका सबै आयाममा निष्पक्ष निकायबाट छानबिन हुनु र दोषीमाथि कारबाही हुनु आवश्यक छ,’ सिलवालले बुधबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘जुन मान्छे यो घटनाक्रममा मेरो विपक्षी छ, उसैले अनुसन्धान गर्ने र यसमा संलग्नहरूलाई निर्दोष साबित गरी मलाई प्रहार गर्ने जुन खेल भइरहेको छ, त्यसको अन्त्य हुनुपर्छ ।’
एक जनप्रतिनिधिको कर्तव्यसमेत आफूमा थपिएकाले यो विषयमा आम जनसमुदायलाई स्पष्ट पार्न भन्दै उनले विज्ञप्ति जारी गरेको उल्लेख गरेका छन् । उनले अहिले आफ्नो ज्यानमाथि समेत खतरा पैदा भएको दाबी गरेका छन् ।
‘अहिलेको संक्रमणकालीन कामचलाउ सरकार र त्यसको इसारामा वर्तमान प्रहरी नेतृत्वले जसरी पटकपटक मेरो जीउज्यानमाथि धावा बोल्ने प्रयास गरेको छ, त्यसले मेरो जीवन नै असुरक्षित रहेको अवस्था छ,’ सिलवालले विज्ञप्तिमा भनेका छन् । उनले राज्यसंयन्त्रले निष्पक्ष ढंगले काम गर्ने र अनुसन्धान पूर्वाग्रहप्रेरित नहुने वातावरण नबनुञ्जेल धैर्य गर्न पनि आग्रह गरेका छन्, कान्तिपुरमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्