३१ जेठ २०८३, आइतबार

कांग्रेसले राष्ट्रिय सभामा पुरानालाई नै छान्याे,  हुन सक्छ भोट क्रस

माघ ११, २०७४
कांग्रेसले राष्ट्रिय सभामा पुरानालाई नै छान्याे,  हुन सक्छ भोट क्रस

काठमाडौँ, ११ माघ- कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सदस्यहरूले केन्द्रीय समितिमा रहेका, तर प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा टिकट नपाएकालाई राष्ट्रिय सभामा उम्मेदवार बनाउन सुझाब दिएका थिए । तर, कांग्रेसको संसदीय समितिले राष्ट्रिय सभामा उम्मेदवार चयन गर्दा सदस्यहरूको सुझाबलाई लत्याएको छ ।

कांग्रेसका केन्द्रीय सदस्यहरू गुरुराज घिमिरे, कल्याण गुरुङ, केशवकुमार बुढाथोकी र कुलबहादुर गुरुङलाई उम्मेदवार बनाइएन । नेविसंघका पूर्वअध्यक्ष गुरुराज र कल्याण कांग्रेस राजनीतिमा सक्रिय छन् । कुलबहादुर पार्टीका पूर्वमहामन्त्री हुन् । पार्टीका पाका नेता कुलबहादुरलाई प्रतिनिधिसभाको समानुपातिकतर्फको सूचीमा राखिएको नाम अन्तिम समयमा राष्ट्रिय सभामा उम्मेदवार बनाउने भन्दै काटिएको थियो , नयाँ पत्रिकाले खबर छापेको छ ।

राष्ट्रिय सभामा पटक–पटक अवसर पाएकाहरूले टिकट पाएका छन् । यसअघि समानुपातिकतर्फबाट सांसद भएका अनिता देवकोटा, विन्दा रानामगर, मुक्ताकुमारी यादव र सरिता प्रसाईंले टिकट पाएका छन् । दोस्रो संविधानसभामा मन्त्रिपरिषद्बाट मनोनीत सभासद् राधेश्याम अधिकारीलाई पनि कांग्रेसले राष्ट्रिय सभाको उम्मेदवार बनाएको छ ।

यसबीच राष्ट्रिय सभा निर्वाचन मत क्रस गर्न सकिन्छ । मतदाताले आफ्नो स्वविवेकले गोप्य मतदान गर्ने भएकाले दलको ह्विपविपरीत मतदान पनि गर्न सक्नेछन् । पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीका अनुसार एकल संक्रमणीय प्रणालीमा मतगणनामा नियतवश बदमासी गर्न सकिने र बदमासी भएको सहजै थाहा पाउन गाह्रो हुन्छ । बदमासी भएको थाहा भएमा मतगणना सुरुबाट नै गर्नुपर्ने हुन्छ ।

salt training

कमेन्ट गर्नुहोस्