०७ असार २०८३, आइतबार

गर्भवती भए के गर्ने ?

माघ ११, २०७४
गर्भवती भए के गर्ने ?

काठमाडौं, ११ माघ– सन्तानको तयारी गर्ने समय फोलिक एसिड चक्की सेवन गर्नुपर्छ । यसले भ्रुणको अंग विकासमा सघाउ पुग्छ । 

गर्भाधान गर्नुअघि मधुमेह, उच्च रक्ताचाप, दम, थाइराइड हर्मोन, छारेरोग, मुटुरोग छ भने नियन्त्रणको प्रयास गर्नुपर्छ ।

प्रत्येक दिन कम्तीमा दुई गिलास दूध, फलफूल, हरियो सागपात, उम्रेको गेडागुडी खाने । 

धैरैबेर खाली पेट नबस्ने र छिनछिनमा थोरैथोरै खाइरहनुपर्छ ।

धूम्रपान, मद्यपान नगर्नुका साथै त्यस्तो क्षेत्रमा जनु पनि हुँदैन ।

गह्रुँगो भारी नबोक्ने, सवारीसाधन आफैं नहाँक्ने , लामो दूरीको यात्रा नगर्ने गर्नु पर्छ 

दिनमा कम्तिमा दुई घण्टा आराम गर्नुपर्छ भने मानसिक तनाव लिनु हुँदैन । 
बच्चा ठाउँमा भए÷नभएको, राम्रो विकास भए÷नभएको वा बच्चाको संख्या थाहा पाउन ५ देखि आठ हप्तासम्म अल्ट्रासाउन्ड गर्नु पर्छ । 

बच्चा अपांगता भए÷नभएको हेर्न १८ देखि २० हप्तामा पुनः अल्ट्रासाउन्ड गर्नु पर्छ ।
नयाँ पत्रिकाबाट

कमेन्ट गर्नुहोस्