०२ असार २०८३, मंगलबार

राष्ट्रियसभाका उम्मेदवारविरुद्ध आज उजुरी दिन पाइने

राष्ट्रियसभाका उम्मेदवारविरुद्ध आज उजुरी दिन पाइने

काठमाडौं, ११ माघ– माघ २४ गते बुधबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ८३ जनाले उम्मेदवारी दर्ता गरेका छन् । बुधबार दर्ता भएका उमेदवारको विरुद्धमा उजुरी दिनका लागि निर्वाचन आयोगले आज बिहान १० देखि भोली साँझ ५ बजेसम्मको समय तोकेको छ । 

आयोगले मनोनयनपत्र र उजुरी उपर जाँजबुझ गरी निर्णय गर्न माघ १३ र १४ गते, उम्मेदवारले नाम फिर्ता लिन माघ १४ गते २ बजेसम्मको समय तोकेको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन माघ १५ गते दिनको ४ बजे हुने र सोही दिन उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (क) बमोजिम निर्वाचित हुने सदस्यको निर्वाचनका लागि प्रत्येक प्रदेशमा गठन भएको निर्वाचक मण्डलले दिएको मतको आधारमा एकल सङ्क्रमणीय मत प्रणाली बमोजिम प्रत्येक प्रदेशबाट आठ जना सदस्य निर्वाचित हुनेछन् ।
 

salt training

कमेन्ट गर्नुहोस्