
काठमाडौं, माघ ११– सन् २०१६ को राष्ट्रपतिय चुनावमा भएको भनिएको हस्तक्षेपबारे संघीय जाँच ब्युरो एफबीआइले लिने भनिएको बयानका लागि आफू तयार रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।
राष्ट्रपति ट्रम्पले विशेष अनुसन्धानकर्ता रोबर्ट मलरले केही साताभित्रै बयान लिने अपेक्षा गरेको बताएका अमेरिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन् । यद्यपी मलरले सो बयान कहिले लिने भन्नेबारे एफबीआइले केही खुलाएको छैन ।
ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले आफू बयानका लागि तयार रहेको बताउँदै चुनावताका कुनै हस्तक्षेप नभएको प्रष्ट पारे । मलरले यसअघि नै महान्यायधिवक्ता जेफ सेसन्ससँग सम्भावित संलग्नताबारे बयान लिइसकेको बीबीसीले जनाएको छ ।