०२ असार २०८३, मंगलबार

सरकारले तोक्यो प्रदेशमा प्रमुख सचिव, को कहाँ परे ?

सरकारले तोक्यो प्रदेशमा प्रमुख सचिव, को कहाँ परे ?

काठमाडौं, माघ ११– सरकारले सातवटै प्रदेशमा प्रमुख सचिव नियुक्त गरेको छ । क्षेत्रीय प्रशासकलाई हटाएर प्रमुख सचिव नियुक्त गरिएको हो ।

बुधबारको मन्त्रीपरिषद्को बैठकले प्रमुख सचिव नियुक्त गरेको हो । निजामती कर्मचारीको प्रदेशको इन्चार्जको प्रमुखका रुपमा प्रमुख सचिव नियुक्त गरिएको छ । उनीहरुले मुख्यमन्त्रीको कार्यालयमा काम गर्ने छन् । 

६ जना सचिवलाई प्रमुख सचिवका रुपमा नियुक्त गरिएको छ । त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत सहसचिव यादब कोइरालालाई कामु सचिव बनाएर प्रदेशमा खटाइएको छ । 

को–को नियुक्त भए ?
प्रदेश १ यादव कोइराला
प्रदेश २ राजेश्वरमान सिंह
प्रदेश ३ रेश्मीराज पाण्डे
प्रदेश ४  लक्ष्मण अर्याल
प्रदेश ५ शंकर पाठक
प्रदेश ६  सुरेश प्रधान
प्रदेश ७  लक्ष्मीराज पौडेल

salt training

कमेन्ट गर्नुहोस्