
काठमाडौं, ११ माघ-नेपाली सेनाका मेजर प्रभवविक्रम शाह बाल यौन दुराचारको मुद्दामा दोषी पाइएपछि पुर्पक्षका लागि जेल चलान भएका छन् ।
जिल्ला अदालत काठमाडौंले शाहलाई पुर्पक्षका लागि केन्द्रीय केन्द्रीय कारागार चलान गरेको हो । जबरजस्तीकरणी मुद्दाको थुनछेक बहसपछि बिहीबार जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ ।
गत पुस १४ गते एक बालिकालाई शौचालयमा आफ्नो यौनाङ्ग चलाउन लगाएको अवस्थामा भेटिएपछि आफन्तको उजुरीको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।