०३ साउन २०८३, आइतबार

वृद्ध भत्ताको उमेर सीमा घटाउने निर्णयमा नयाँ सरकारले पुनर्विचार गर्छ - ओली

वृद्ध भत्ताको उमेर सीमा घटाउने निर्णयमा नयाँ सरकारले पुनर्विचार गर्छ - ओली
फाइल फोटो

काठमाडौं,११ माघ- नेकपा एमालेले कामचलाउ सरकार मुलुकको अर्थतन्त्र र राज्य व्यवस्थालाई अस्तव्यस्त पार्न उद्धत रहेको आरोप लगाएको छ ।

बिहीबार पत्रकार सम्मेलन गरी एमाले अध्यक्ष केपी शर्मा ओलीले वृद्ध भत्ताका लागि उमेरको सीमा घटाउने, अध्ययनविनै भूकम्पपीडित अनुदान वृद्धि गर्ने तथा कर्मचारीलाई स्वैच्छिक अवकाश दिएर राज्य व्यवस्थालाई नै अस्तव्यस्त पार्ने लगायतका षड्यन्त्रमा सरकार लागेको भन्दै त्यसको स्वामित्व नयाँ सरकारले नलिने प्रष्ट पारे ।

'अहिले गरिएका निर्णय अनैतिक छन्, यस्ता कामहरुमाथि पुनर्विचार गर्ने तथा कानुनविपरीत भएका सबै निर्णयलाई नयाँ सरकारले अस्वीकार गर्ने स्पष्ट पार्न चाहन्छु,' अध्यक्ष ओलीले भने ।

सरकारले संविधानको गलत व्याख्या गरेर आफ्नो आयु लम्ब्याएको ओलीको आरोप छ ।

'संविधानको गलत व्याख्या गरेर जालझेलबाट तथा अनेक खालका अनुपयुक्त सेटिङबाट गलत मनसायका साथ कायम रहेको कामचलाउ सरकारले के गर्न हुने के नहुने भन्ने विश्वव्यापी मान्यता हुन्छ,' ओलीले भने, 'जालझेल षड्यन्त्र सफल भएन भने देशलाई नै असफल बनाउने, आर्थिक अनुकलतालाई समाप्त पार्ने, प्रतिकुलता बढाइदिने ! यस्ता काम अनुचित हुन् ।'

मुलुक संघीयतामा गएपछि अझै धेरै कर्मचारी चाहिएको बेला कर्मचारीलाई स्वैच्छिक अवकाश दिएर मुलुकलाई थप ६० अर्ब आर्थिक भार थपेको आरोपसमेत ओलीले लगाए ।

'संघीयतामा गएपछि कर्मचारी यसै पनि नपुगिरहेको अवस्थामा कर्मचारीलाई स्वैच्छिक अवकाश दिने नाममा लगभग ६० अर्ब त्यसमा खर्च गराइदिने काम भएको छ,' ओलीले भने, 'अब आउने कर्मचारीले भोलिन्टियरी काम गर्छन् ?'

salt training

कमेन्ट गर्नुहोस्