
काठमाडौं, ११ माघ- ग्राहकहरुलाई उत्कृष्ट सेवाप्रदानगर्ने उद्देश्य सहितहालै फोर जी सेवा सुरु गरेको स्मार्ट टेलिकमले आफ्ना ग्राहकहरुलाई सेवाउपलब्ध गराउन काठमाडौंकोपुतली सडकमा आधिकारिक स्मार्ट सेन्टरकोप्रारम्भ गरेको छ । यही माघ ८ गतेबाट प्रारम्भ गरिएको स्मार्ट सेन्टरबाट उपभोक्तालाई प्रभावकारी सेवाउपलब्धहुने तथा स्मार्टका उत्पादन तथा सेवाहरुको जानकारी सहजै प्राप्त हुने कुरा स्मार्ट टेलिकमले उल्लेख गरेको छ ।
सेन्टरबाट ग्राहकहरुका सम्पूर्ण आवश्यकताएवं जिज्ञाशाहरुलाई सहजएवं सुलभ तरिकाबाट समाधान गरिने छ । कम्पनीले प्रदानगर्ने नयाँनयाँ सेवातथाउत्पादनहरुको जानकारी ग्राहकहरुले यहाँबाट सहजै प्राप्त गर्न सक्नुहुने छ ।
स्मार्ट सेलको नयाँ सेन्टरको समुद्घाटन कम्पनीका अध्यक्ष सर्वेस जोशीले गर्नुभएको थियो ।