३१ जेठ २०८३, आइतबार

यहाँ लुकाइएको मानिन्छ पारस पत्थर, जिन्नहरूले गर्छन् रक्षा

कात्तिक २०, २०७४
यहाँ लुकाइएको मानिन्छ पारस पत्थर, जिन्नहरूले गर्छन् रक्षा
काठमाडौं, २६ मंसिर — पारस पत्थरका बारेमा धेरैलाई जानकारी छ । यसलाई छुनेबित्तिकै फलाम पनि सुन बन्छ भनिन्छ । यससँग जोडिएका कथाहरू पनि सुन्नुभएको होला तपाईंले । आजसम्म यस पत्थरलाई कसैले खोज्न सकेको छैन । तर संसारमा रहेको एक किल्लामा पारस पत्थर रहेको मान्यता छ । त्यही कारण यहाँ हरेक वर्ष खन्ने मानिसको ताँती लाग्छ ।


भारतको मध्य प्रदेशको राजधानी भोपालबाट ५० किलोमिटर टाढा रायसेनको किल्लामा पारस पत्थर छ । यसलाई पाउनका लागि धेरै युद्ध पनि लडिएका थिए । त्यतिखेरको राजाले पत्थर हराउनसक्ने देखेपछि त्यहाँ रहेको तलाउमा पत्थर फ्याँकिदिएका थिए । यसका बारेमा उनले कसैलाई बताएनन् । युद्धका क्रममा उनको मृत्यु भयो र किल्ला निर्जन भयो ।

आजपर्यन्त पनि मान्छेहरू रातिको समयमा यो पत्थर खोज्न आइपुग्छन् । अझ तान्त्रिकहरूलाई पनि लिएर आउँछन् खोजकर्ताहरू । तर कसैले फेला पार्न सकेका छैनन् ।

बरू यसरी पत्थर खोज्नेहरूको मानसिक सन्तुलन बिग्रने गरेको छ किनकि यसको रक्षा जिनहरूले गर्ने गर्छन् । पत्थर यहीँ नै छ भनेर कसैले पुष्टि नगरेको भएपनि मान्छेले यहाँ आएर खोज्न छोडेका छैनन् ।

पञ्जाब केशरी

salt training

कमेन्ट गर्नुहोस्