लोकान्तर संवाददाता
काठमाडौं, २६ मंसिर –काठमाडौंको जोरपाटीस्थित प्रहरी बिटमा आक्रमण गर्ने २१ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शनिवार ट्याक्सी चालक राजकुमार लामाको हत्या भएपछि आक्रोशित बनेका स्थानियले चौकीमाथि आक्रमण गरेका थिए ।
विहान साढे ११ बजेतिर झण्डै २ सय ५० जनाको संख्यामा आक्रमणमै उत्रेका स्थानियले प्रहरी र चौकीमाथि ढुंगामुढासहित आक्रमण गरेका थिए ।
प्रदर्शनकारीले प्रहरीका ४ मोटरसाईकलमाथि आगजनी गरेका थिए ।
प्रदर्शनकारीको आक्रमणबाट चौकीमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ ।