१९ असार २०८३, शुक्रबार

बहुप्रतीक्षित प्रदेशसभा बैठक प्रदेश ३ मा आज

माघ १८, २०७४
बहुप्रतीक्षित प्रदेशसभा बैठक प्रदेश ३ मा आज

हेटौडा, १८ माघ  — बहुप्रतीक्षित प्रदेशसभा बैठक प्रदेश ३ मा बिहीबार सुरु हुँदै छ । बैठकका लागि सम्पूर्ण तयारी पूरा भएको छ । दस वर्षअघि कागजी रूपमा कोरिएको संघीयता व्यवहारमै कार्यान्वयनमा आएको यो ऐतिहासिक क्षणको सांसद, राजनीतिक दलका नेता तथा कार्यकर्तालगायत समाजका सबै क्षेत्रका बासिन्दा प्रतीक्षारत छन् ।

बैठकमा भाग लिन १३ जिल्लाबाटै निर्वाचित सांसदहरू धेरैजसो हेटांैडा आइसकेका छन् भने कतिपय आउने क्रम जारी छ । राजधानीमा राष्ट्रिय सभा निर्वाचनसम्बन्धी प्रशिक्षण कार्यक्रम चलेका कारण माओवादी केन्द्रका धेरैजसो सांसद बिहीबार बिहान मात्रै आउने भएका छन् ।
२०६४ देखि सैद्धान्तिक रूपमा मुलुक संघीयतामा प्रवेश गरे पनि प्रदेश निर्वाचन सम्पन्न भएपछि व्यवहारमै यसको अभ्यास सुरु हुन लागेको हो । सरकारले प्रदेश ३ को अस्थायी राजधानी हेटौंडालाई तोकेपछि संसद् बैठकका लागि रातारात तयारी थालिएको थियो, कान्तिपुरमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्