०४ असार २०८३, बिहीबार

सरकारले चालु खर्चका लागि सातै प्रदेशमा ५० करोड रुपैयाँ पठाउँदै

सरकारले चालु खर्चका लागि सातै प्रदेशमा ५० करोड रुपैयाँ पठाउँदै

काठमाडौं, १८ माघ– सरकारले चालु खर्चका लागि सातै प्रदेशमा करिब ५० करोड रुपैयाँ पठाउने भएको छ । अर्थ मन्त्रालयले आज सो रकम पठाउन लागेको हो । 

प्रदेश सभाको पहिलो बैठक बोलाउने तयारी भइरहदा अर्थले रकम पठाउन लागेको हो । सो रकम प्रदेशका मुख्य सचिव, प्रदेश सभा सचिवलगायतलाई खर्च गर्ने अख्तियारी दिइएको छ । 

यसअघि अर्थ मन्त्रालयले प्रदेशमा तत्काल पूर्वाधार निर्माण, भौतिक संरचना मर्मत लगायतका लागि १५ करोड रुपैयाँ सहरी विकास मन्त्रालयमार्फत दिइसकेको छ । प्रदेशका आवश्यकता अनुसार क्रमैसँग बजेट निकासा भइरहेको मन्त्रालयले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्