२२ जेठ २०८३, शुक्रबार

पद्मावतलगत्तै अर्को फिल्ममा व्यस्त भए भन्साली

पद्मावतलगत्तै अर्को फिल्ममा व्यस्त भए भन्साली

काठमाडौं, १८ माघ — पद्मावत फिल्ममा लगातार विवाद चलिरहेको भएपनि सञ्जय लीला भन्सालीले कुनै दबाब अनुभव गरेका छैनन् जस्तो देखिन्छ । भन्सालीले आफ्नो अर्को फिल्मको तयारी शुरु गरिसकेका छन् । 

हालै एक मिडिया रिपोर्टमा भन्सालीले अर्को ठूलो बजेटको फिल्मको तयारी गरिरहेको बताए । 

खबरहरूका अनुसार, पद्मावतमा लगानी गर्ने कम्पनीले नै भन्सालीको अर्को फिल्ममा पैसा लगाउने भएको छ । एक सूत्रका अनुसार, ‘यो ठूलो बजेटको म्युजिकल फिल्म हुनेछ । भन्साली कहिल्यै सानो सोच्दैनन् । ब्ल्याक र गुजारिश
जस्ता इमोसनल फिल्म पनि उनले ठूलै बजेटमा बनाएका थिए । पद्मावतपछि उनले सानो बजेटको फिल्म बनाउने कुरा थियो तर अब त्यसो गर्ने छैनन् ।’

सूत्रले थप्यो, ‘फिल्म निर्माण गरिरहेको कम्पनी भायाकमले पनि फिल्मका लागि भन्सालीलाई १५० करोडदेखि १७५ करोड भारुसम्मको बजेट छुट्ट्याउने भएको छ । 

पद्मावतले बन्दाखेरीदेखि नै विवाद भएर रिलिजमा पनि लफडा बेहो–यो । तर फिल्मले दर्शकबाट राम्रो रेस्पोन्स पाइरहेको छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्