०६ असार २०८३, शनिबार

परम्परा तोड्दै एक्लै संसद् पुगिन् मेलानिया

परम्परा तोड्दै एक्लै संसद् पुगिन् मेलानिया

काठमाडौं, १८ माघ — अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पकी पत्नी मेलानियाको ट्रम्पसँग राम्रो सम्बन्ध छैन जस्तो देखिन्छ । 

अमेरिकी कंग्रेसमा यो अनबनको संकेत पाइएको छ । ट्रम्पले कंग्रेसमा स्टेट अफ द युनियन सम्बोधन गर्ने समारोहमा परम्पराविपरीत मेलानिया एक्लै संसद् पुगिन् । 

विगत केही दिनयता सार्वजनिक जीवनबाट टाढा रहेकी मेलानियाले संसद्भित्र प्रवेश गर्दा परर ताली बज्यो । तर पूर्वराष्ट्रपतिहरूका पत्नीजस्तो मेलानिया कंग्रेसमा पतिसँग प्रवेश गरेकी थिइनन् । क्रीम कलरको डिओर ड्रेस लगाएर उनी एक्लै कंग्रेस छिरिन् ।

अमेरिकीहरू प्रायः राष्ट्रपतिले सम्बोधन गर्दा प्रथम महिलाले कुन लुगा लगाउँछन् भन्नेमा चासो देखाउँछन् । उनी कसरी मानिसहरूसँग भेटघाट गर्छिन् र भाषण सुन्नका लागि कुन अतिथिलाई आफूसँग बसाउँछिन् भनी जनताले चासो व्यक्त गर्छन् । तर मेलानियाले जनतालाई अर्कै किसिमले छक्क पारिन् ।

ट्रम्पले पोर्नस्टार स्टोर्मी डेनियल्ससँग सम्बन्ध राखेको र उनको मुख टाल्न एक लाख ३० हजार डलर दिएको खबर सार्वजनिक भएपछि मेलानिया ट्रम्पसँग रिसाइरहेको बुझिएको छ । मेलानिया त ह्वाइट हाउस छोडेर होटलमा बस्न
थालेको खबर पनि आएको थियो । उनी पाम बीच शहर पुगेकी थिइन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्