३२ असार २०८३, बिहीबार

उत्तर कोरियाको त्रास : अमेरिकाले ग–यो क्षेप्यास्त्र परीक्षण, भयो फेल

उत्तर कोरियाको त्रास : अमेरिकाले ग–यो क्षेप्यास्त्र परीक्षण, भयो फेल

काठमाडौं, १८ माघ — उत्तर कोरियाले लगातार धम्की दिइरहँदा अमेरिकाले हवाई तटमा एक क्षेप्यास्त्रको डमी टेस्ट ग–यो । मिडिया रिपोर्टअनुसार, हावामा एउटा क्षेप्यास्त्र हुँदा अर्को क्षेप्यास्त्रमार्फत त्यसलाई नष्ट गर्ने प्रयास गरिएको थियो तर त्यो परीक्षण असफल रह्यो । 

यसअघिका रिपोर्टहरूमा उत्तर कोरियाले अमेरिकामाथि क्षेप्यास्त्र प्रहार गरेमा अमेरिकाले त्यसलाई हावामै ध्वस्त पार्ने बताइँदै आएको थियो । 

द न्युयोर्क टाइम्समा छापिएको खबरअनुसार, विगत दुई वर्षमा यो दोस्रो असफलता हो । सन् २०१७ को जुनमा गरिएको परीक्षण पनि असफल भएको थियो । 

क्षेप्यास्त्र सुरक्षा निकायका प्रमुख मार्क राइटले क्षेप्यास्त्र प्रहारको लाइभ टेस्ट गरिएको पुष्टि गरे र परीक्षण असफल भएको चाहिँ पुष्टि गरेनन् । 

रक्षा मन्त्रालयका दुई अधिकारीले यस विषयमा सार्वजनिक रूपमा केही बताउन नमिल्ने बताए । नाम नछाप्ने शर्तमा उनीहरूले प्रतिरक्षा क्षेप्यास्त्रको नमूनाले प्रहार गर्न नसकेको चाहिँ स्वीकार गरे । 

विगत १३ वर्षमा अमेरिकाले गरेको क्षेप्यास्त्र परीक्षणमध्ये आधी जति असफल रहेका छन् । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्