२५ असार २०८३, बिहीबार

एमाले-माओवादी एकता संयोजन समिति बैठकले  के गर्यो  निर्णय  ?

माघ १८, २०७४
एमाले-माओवादी एकता संयोजन समिति बैठकले  के गर्यो  निर्णय  ?

भक्तपुर, १८ माघ  नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिले प्रदेशसभाको शक्ति बाँडफाँडसम्बन्धी गरेको निर्णयलाई अनुमोदन गरेको छ । 

आज एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको बैठकले दुई पार्टी सम्मिलित कार्यदलले पेश गरेको प्रतिवेदनलाई अनुमोदन गरेको हो । 

बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै एमालेका उपाध्यक्ष एवं कार्यदलका संयोजक वामदेव गौतमले कार्यदलले पेश गरेको प्रतिवेदनलाई बैठकले पारित गरेको जानकारी दिए । दुई पार्टीले प्रदेशसभाका लागि ७०–३० को आधारमा शक्ति बाँडफाँड गर्ने र जसमा चार वटा प्रदेशमा एमालेका मुख्यमन्त्री र सभामुख तथा दुई वटा प्रदेशमा माओवादीका मुख्यमन्त्री र सभामुख रहने गरी कार्यदलले गरेको निर्णयलाई बैठकले अनुमोदन गरेको हो । 

बैठकले दुई पार्टी एकताबारेमा अझै कसरत नपुगेको ठहर गरेको छ । बैठकबारे सञ्चारकर्मीलाई जानकारी दिँदै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने , “पार्टी एकताका सम्बन्धमा अझै दुई÷तीन चरणमा दुई पार्टीका शीर्ष नेतृत्वमा छलफल गरेर कार्यदल बनाउने कुरा भएको छ ।” 

त्यसैगरी भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणका वेला एमाले, माओवादी केन्द्रसहित वाम गठबन्धनले भेटघाट गर्ने क्रममा निर्वाचनमा आएको परिणामअनुसारको साझा जनमतलाई आधार बनाएर कुराकानी गर्नेबारे सहमति भएको जनाएको छ । 

बैठकमा दुई पार्टीबीच हुने एकताका सम्बन्धमा पनि छलफल गरेको थियो । बैठकमा दुई पार्टीका अध्यक्षले एकताबारे भएका प्रगतिको ब्रिफिङ गरेको बताइएको छ । 

बैठकमा एमाले अध्यक्ष ओली, उपाध्यक्ष वामदेव गौतम, नेताहरु ईश्वर पोखरेल, सुरेन्द्र पाण्डे तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेताहरु रामबहादुर थापा, वर्षमान पुनको सहभागिता रहेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्