१३ असार २०८३, शनिबार

पार्टी एकतालाई सार्थक निष्कर्षमा पु-याउन वाइसिएलले पहल गर्ने

माघ १८, २०७४
पार्टी एकतालाई सार्थक निष्कर्षमा पु-याउन वाइसिएलले  पहल गर्ने

काठमाडौँ, १८ माघ - नेकपा(माओवादी केन्द्र)को सहायक संगठन वाइसिएलले नेकपा(एमाले) र माओवादी केन्द्रबीचको एकता प्रक्रियालाई सार्थक निष्कर्षमा पु¥याउन विशेष पहल गर्ने भएको छ । 

वाइसिएलको आज यहाँ बसेको बैठकले जनताले नै वाम एकतालाई अनुमोदन गरेको निष्कर्ष निकाल्दै त्यसैका आधारमा तत्काल एकतालाई निष्कर्षमा पु¥याउन आह्वान गर्ने निर्णय गरेको अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिए । 

बैठकले आगामी फागुन १ गते ‘जनयुद्ध’ को २३ औँ वार्षिकोत्सवलाई देशव्यापी रुपमा मनाउने निर्णय गरेको छ । जनयुद्ध दिवस मनाउनका लागि इटहरीमा पूर्ण भुजेल, पर्सामा लालेन्द्रकुमार मण्डल, काठमाडौँमा ज्ञानबहादुर गुरुङ, चितवनमा केहरसिंह कुँवर, कास्कीमा विनय थापा, रुपन्देहीमा गंगा कार्की, दाङमा गणेश शाही, बाँकेमा रतन शाही, सुर्खेतमा गगनबहादुर मल्ल र कैलालीका लागि सुरज सिंहलाई संयोजक तोकेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्