०१ असार २०८३, सोमबार

आङ सान सू कीको घरमा पेट्रोल बम प्रहार

आङ सान सू कीको घरमा पेट्रोल बम प्रहार

काठमाडौं, १९ माघ — म्यान्मारकी सर्वोच्च नेता आङ सान सू कीको यांगूनस्थित तालकिनारमा रहेको घरमा बिहीवार पेट्रोल बम प्रहार भएको छ । सरकारी प्रवक्ता जो हतेले आधिकारिक फेसबूक पेजमा संदिग्ध आक्रमणकारी लगभग ४० वर्षको भएको र उसको कपाल कालो रहेको लेखे । 

सू की यही भिल्लामा म्यान्मारमा चलेको सैन्य शासनका बेलामा १५ वर्षसम्म नजरबन्दमा रहिन् । उनलाई सन् २०१० मा थुनामुक्त गरिएको थियो । 

सन् २०१५ मा उनको दल नेसनल लीग फर डेमोक्रेटिक पार्टीले भारी जीत हासिल गरेको थियो । अहिलेको सरकारमा सू की स्टेट काउन्सिलर पदमा आसीन छिन् । रोहिंग्या मुसलमानहरूको विषयमा मौन रहेकोमा अन्तर्राष्ट्रिय समुदायले सू कीको लगातार आलोचना गरिरहेको छ । 

बौद्धबाहुल्य भएको म्यान्मारमा सू कीलाई उच्च सम्मान दिइन्छ । म्यान्मारमा धेरै मानिसले रोहिंग्याहरूलाई अवैध बंगाली आप्रवासी मान्छन् । 

सूत्रहरूका अनुसार, सू की बिहीवार घटना हुँदा म्यान्मारको राजधानी नेपीडमा संसद्लाई सम्बोधन गर्न गएकी थिइन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्