०४ साउन २०८३, सोमबार

नयाँ बजेट नआएसम्म भूकम्पपीडितलाई थप १ लाख दिन सकिँदैन् : सीईओ भुसाल

नयाँ बजेट नआएसम्म भूकम्पपीडितलाई थप १ लाख दिन सकिँदैन् : सीईओ भुसाल

काठमाडौं, २० माघ- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युवराज भुषालले भूकम्पपीडितलाई थप १ लाख दिने सरकारको निर्णय नयाँ सरकार र नयाँ बजेट नआएसम्म कार्यान्वयन हुन नसक्ने प्रष्ट पारेका छन् । शनिबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै सीईओ भुषालले यस्तो बताएका हुन् ।

‘एकलाख रकम थप्ने निर्णय भएको जो कुरा बाहिर आएको छ, यसबारे हामीकहाँ हिजोको मितिसम्म कुनै जानकारी आएको छैन, यदि निर्णय गरेर हामीकहाँ आयो भने पनि यो रकम दिन यो आर्थिक वर्षभित्र सम्भव छैन,' भुसालले भने ।

अर्थ मन्त्रालयमा बसेर काम गरिसकेको व्यक्ति भएकोले यो वर्ष थप रकम दिन सकिँदैन भन्ने आफूले बुझेको उनको भनाइ छ । ‘यो थप दिने भनिएको १ लाख रकम यो वर्ष दिनै सकिँदैन, नयाँ बजेट आएपछि मात्रै सम्भव छ, अहिले छैन, किनकी यो नन–बजेटरी रकम हो।’

उनले पुननिर्माणको काम द्रूतगतिमा भइरहेको पनि जानकारी दिए । पीडितका पीडितका आँसु पुछ्ने गरी आफूहरुले काम गरिरहेको उनको जिकर छ ।

salt training

कमेन्ट गर्नुहोस्