२४ जेठ २०८३, आइतबार

बटुवालाई ट्रिपरले ठक्कर दियो, घटनास्थलमै मृत्यु

बटुवालाई ट्रिपरले ठक्कर दियो, घटनास्थलमै मृत्यु

काभ्रे, २० माघ-ट्रिपरको ठक्करबाट आज एकजनाको मृत्यु भएको छ ।

बा४ख ३३२४ नं को ट्रिपरले सडक छेउमा हिँड्दै गरेका बनेपा नगरपालिका–१ ड्याङडुङ्गाका ५१ वर्षीय बद्री खड्कालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक सुनिलजंग शाहले जानकारी दिए ।

मृतकको शव परीक्षणका लागि अहिले शीर मेमोरियल अस्पताल बनेपा लगिएको छ । घटनापछि स्थानीयवासी तोडफोडमा उत्रिएपछि प्रहरीले चार राउण्ड हवाईफायर गरेको प्रहरी निरीक्षक शाहले बताए ।

salt training

कमेन्ट गर्नुहोस्