०१ असार २०८३, सोमबार

चोर पत्ता लगाउन शिक्षिकाले पालैपालो विद्यार्थीको हात पोल्न लगाइन्

माघ २०, २०७४
चोर पत्ता लगाउन शिक्षिकाले पालैपालो विद्यार्थीको हात पोल्न लगाइन्

काठमाडौँ, २० माघ- विद्यार्थीहरुलाई बलेको मैनबत्तीको माथि हात राख्न लगाएर दण्ड दिने एक भारतीय  शिक्षिकाका विरूद्ध प्रहरीले उजुरी दर्ता गरेको छ । भारतको पूर्वी प्रान्त झारखण्डको एक निजी विद्यालयमा बुधवार  १३ जना विद्यार्थीहरुलाई बलेको मैनबत्तीको माथि हात राख्न लगाएर दण्ड  दिइएको थियो |

 सुशान्ती हेमब्रोम नाम गरेकी ती शिक्षिकाले   विद्यार्थीमध्ये कसले कक्षाको अर्को सहपाठीबाट पैसा चोरेको थियो भनेर पत्ता लगाउने त्यसो  गरेकी थिइन्। त्यसको भोलिपल्टै विद्यार्थीका अभिभावकले गुनासो गरेपछि उनलाई निलम्बन गरिएको थियो।
 ती शिक्षिकाले दोषी विद्यार्थीले डरले आफ्नो गल्ती स्वीकार गर्लान भनेर त्यसरी दण्ड दिएकी थिइन्। तर सबै विद्यार्थीहरुले शिक्षिकाले भनेजस्तै गरे र जलिरहेको मैनबत्तीमाथि आफ्ना हात राखे।

उनीहरुमध्ये केहिले तत्कालै आफ्नो हात हटाएको भएपनि ७ जनाको हात जलेर घाउ लागेको छ।

कम्तीमा एक जना विद्यार्थी, जसलाई दबाब दिएर हेमब्रोमले मैनबत्तीमाथि हात राख्न लगाइरहिन्, उसलाई नराम्रोसँग पोलेपछि अस्पतालमा भर्ना गर्नु परेको थियो। ती विद्यार्थी बिहीवार अस्पतालबाट फिर्ता भएको जनाइएको छ।


प्रहरीले ती शिक्षिकाले आफ्नो गल्ती स्वीकार गरेको जनाएको छ। भारतका विद्यालयहरुमा विद्यार्थीहरुलाई कडा शारीरिक दण्ड दिन प्रतिबन्ध लगाइएको छ। तर विद्यार्थीहरुलाई त्यस्ता दण्ड दिने घटना त्यहाँका लागि नौला नभएको बीबीसीले जनाएको छ |

salt training

कमेन्ट गर्नुहोस्