०१ साउन २०८३, शुक्रबार

आईजीपी राजनीतिक नियुक्ति होः जयबहादुर चन्द

आईजीपी राजनीतिक नियुक्ति होः जयबहादुर चन्द

काठमाडौं, २० माघ– नेपाल प्रहरीका एआईजी जयबहादुर चन्दले विवादास्पद अभिव्यक्ति दिएका छन्  ।  उनले आईजीपी  राजनीतिक  नियुक्ति भएको भन्दै अभिव्यक्ति दिएका छन् । 
ललितपुरमा शनिबार आयोजित एक कार्यक्रममा चन्दले आईजीपी राजनीतिक नेतृत्वले चयन गर्ने भएकाले राजनीतिक  नियुक्ति भन्न मिल्ने दाबी गरे । 
 ‘प्रहरी–नागरिक सहकार्य’ विषयक गोष्ठीमा उनले मन्त्रिपरिषदले गर्ने नियुक्ति गैरराजनीतिक भन्न नमिल्ने पनि बताए । 
शेरबहादुर देउवा नेतृत्वको सरकारले  उनलाई आईजीपी बनाउने निर्णय गरेपनि पछि सो प्रकरण सर्वोच्च पुगेपछि उनको ठाउँमा प्रकाश अर्याल आईजीपी बनेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्