
भरतपुर, २१ माघ- पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगर–१२ स्थित गोन्द्राङ जंगलछेउ सवारी जाम नभएको दिन हुँदैन । जाममा फस्नुपर्दा यात्रु दिक्क छन् । यसको मुख्य कारण हो, सडकमा ‘टोल प्लाजा’ निर्माणका लागि खनिएको खाडल । एक वर्षअघि सडक निर्माण थालिए पनि ठेकेदारको लापरबाहीले अझै पूरा हुन सकेको छैन ।
सडक डिभिजन कार्यालयले आहान गरेको १ सय ५० मिटर सडक निर्माण (टोल प्लाजा) को ठेक्का स्थानीय टिडी कन्स्ट्रक्सनले १ करोड १५ लाखमा सकारेको थियो । २०७३ माघ २८ गते सम्झौता गरी काम थालेको कम्पनीले २०७४ असार मसान्तसम्ममा निर्माण सम्पन्न गरिसक्नुपथ्र्यो । डिभिजन प्रमुख धर्मेन्द्र झाले ठेकेदारको ढिलासुस्तीले समयमा काम सम्पन्न हुन नसकेको बताए, कान्तिपुरमा खबर छ ।