३१ जेठ २०८३, आइतबार

गृहको निर्णयले प्रहरीमा असन्तुष्टि

माघ २१, २०७४
गृहको निर्णयले प्रहरीमा असन्तुष्टि

काठमाडौं, २१ माघ  प्रदेश मन्त्रालयमा निजामतीतर्फका सहसचिव गएपछि एआईजीको पद स्वतः जगेडामा जाने निर्णय प्रहरी संगठनको सहमतिबिनै भएको खुलेको छ । दरबन्दी थपघट गर्दा संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्नुपर्ने प्रावधानविपरीत गृह मन्त्रालयको ठाडो प्रस्तावमा मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको हो ।

डीआईजी र एआईजी पद थप्दा ओएनएम गरेर प्रतिवेदन बुझाउन माग गर्ने गृहले पद कटौती गर्ने निर्णय गर्दा भने प्रहरीको सहमति नखोजेको हो । गृह स्रोतका अनुसार एआईजी पद जगेडामा जाने निर्णय हस्ताक्षरका लागि प्रहरी मुख्यालयबाट डीआईजी गोविन्द निरौला गृहमा पुगेका थिए तर उनी हस्ताक्षर नगरी फर्किएका थिए । सात एआईजी पद कटौती गर्दा संगठनलाई कस्तो असर पर्ने वा नपर्ने राय–सल्लाहै नगरी गृहले एकलौटी ढंगले निर्णय गराएपछि अहिले प्रहरी वृत्तमा चर्को असन्तुष्टि देखापरेको छ ।

प्रहरी प्रवक्ता डीआईजी मनोज न्यौपानेले प्रदेशका एआईजी फाजिल हुने निर्णय गर्नुअघि प्रहरी प्रधान कार्यालयसँग सुझाव नमागिएको बताए, अन्नपूर्ण पोस्टमा खबर छापिएको छ   । 

salt training

कमेन्ट गर्नुहोस्