०५ असार २०८३, शुक्रबार

राष्ट्रियसभा निर्वाचन तयारी पूरा– मतदान केन्द्रमा आज मतपत्र पुग्ने

माघ २१, २०७४
राष्ट्रियसभा निर्वाचन तयारी पूरा– मतदान केन्द्रमा आज मतपत्र पुग्ने

काठमाडौं, २१ माघ– सोमबार हुने राष्ट्रियसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचन आयोगले निर्वाचनको सबै तयारी पूरा भएको जनाएको छ । राष्ट्रियसभा सदस्यका लागि सोमबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुँदै छ।

आयोगका प्रवक्ता नवराज ढकालले भने, ‘मतपत्र छपाइदेखि सुरक्षा व्यवस्था, कर्मचारी खटपटन र व्यवस्थापकीय सबै तयारी पूरा भएको छ।’ राष्ट्रियसभा निर्वाचनका लागि १० हजार मतपत्रको छपाइ कार्य सम्पन्न भइसकेको छ । मतपत्र भने प्रदेशमा मतदान हुने एक दिनअघि मात्रै पुर्याइने छ । ‘आइतबार नै मतपत्र सम्बन्धित मतदान केन्द्रमा पुग्नेछ’, प्रवक्ता ढकालले भने।
आयोगले राष्ट्रियसभा निर्वाचनका लागि रातो र हरियो दुई रङको मतपत्र प्रयोग गर्दै छ । प्रदेशसभाको लागि हरियो र स्थानीय तहको लागि रातो गरी दुई रङका चार प्रकारका मतपत्र प्रयोग गरिने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । 

निर्वाचनमा महिला, दलित, अपांग र अल्पसंख्यक र अन्य समूह गरी चारवटा मतपत्र प्रयोग हुँदै छ। एक मतदाताले चार ठाउँमा भोट हाल्नुपर्नेछ । एकल संक्रमणीय प्रणालीका मतदाताले तीन वटा मतपत्रमा एक, दुई र तीन अंक दिएर भोट हाल्नु पर्नेछ । बहुमतीयतर्फ महिला र अन्य समूहका लागि भने मतदाताले ‘ठीक चिह्न’ लगाएर भोट हाल्ने व्यवस्था गरिएको प्रवक्ता ढकालले बताए। एक मतदाताले चार मतपत्रमा आठ भोट दिनुपर्नेछ।

प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको मतभार १८ रहेको छ। राष्ट्रियसभामा स्थानीय तहका एक हजार पाँच सय तीन र प्रदेशसभाका पाँच सय ५० गरी दुई हजार ५३ मतदाता छन् । ती मतदातालाई भोट हाल्ने तरिकाबारे आयोगले प्रशिक्षण समेत दिइसकेको छ, अन्नपूर्ण पोस्टमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्