०६ असार २०८३, शनिबार

प्रदेश राजधानीका बारेमा दुई थापाकाे फरक मत

माघ २१, २०७४
प्रदेश राजधानीका बारेमा दुई थापाकाे फरक मत

काठमाडौं, २१ माघ– पूर्वस्वास्थ्यमन्त्री एवं कांग्रेस युवा नेता गगन थापाले प्रदेश ३ को राजधानी हेटौंडा अपायक भएको बताएका छन् । उनले भौगोलिक र प्रदेशको केन्द्रको हिसाबले हेटौंडाभन्दा काभ्रे नै उपयुक्त भएको बताएका छन् । 
शनिबार बनेपामा आयोजित कार्यक्रममा उनले भौगोलिक र प्रदेशको केन्द्रको हिसावले हेटौंडाभन्दा काभ्रे नै उपयुक्त भएको बताएका हुन् । प्रदेश ३ का १३ जिल्लामध्ये अधिकांशलाई हेटौंडा अपायक भएको बताउँदै स्थायी राजधानी काभ्रे नै बनाउनुपर्नेमा उनले जोड दिए । 

उता, उपप्रधानमन्त्री तथा राप्रपा अध्यक्ष कमल थापाले प्रदेश ३ को राजधानी हेटौंडा कायम गरेर आफूले चुनावको समयमा मकवानपुरका जनतासँग गरेको बाचा पूरा गरेको दाबी गरेका छन् ।

म हेटौंडा राजधानी भएपछि पाइला टेक्दा निकै भावुक भएँ, मैले चुनाव हारे पनि जनतासँग गरेको बाचा पूरा गरेको छु । उनले भने ।

शनिबार हेटौंडामा आयोजित एक कार्यक्रममा उनले भने, सातै प्रदेशको अस्थायी राजधानी नै स्थायी रुपमा रहने छ, अन्नपूर्ण पोष्टमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्