
सुनसरी, २१ माघ– २० औँ संस्करणको बुढासुब्बा गोल्डकप फुटबलमा आज आयोजक धरान र भारत कोलकत्ताको दुर्गापूर स्टिल क्लवबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल सुनसरीस्थित धरान रंगशालामा अपराह्न २ बजेपछि शुरु हुनेछ । प्रतियोगितामा ८ टिमको सहभागीता रहेको छ ।
यसअघि हिजो भएको उद्घाटन खेलमा सीमएजी संकटा क्लवले बलियो प्रतिद्वन्द्वी मनाङ र्मस्याङ्दी क्लवलाई १–० ले पराजित गर्यो ।
प्रतियोगिताको विजेताले ६ लाख तथा उपविजेता टोलीले ३ लाख रुपैयाँ हात पार्नेछन् ।