०१ असार २०८३, सोमबार

लागुऔषधसहित भारतीय नागरिक पक्राउ

लागुऔषधसहित भारतीय नागरिक पक्राउ

काठमाडौँ, २१ माघ- महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले ६३२ एम्पुल लागुऔषधसहित आज एक भारतीयलाई पक्राउ गरेको छ । 

प्रभागको टोलीले वीरगञ्जबाट काठमाडौँ आउदै गरेको ना ७ ख ४२८ नं को यात्रुवाहक बस जाँचका क्रममा लागुऔषधसहित नारायण गिरीलाई बिहान पक्राउ गरेको हो । 

गिरीसँग लुफिजेसिक १९८ एम्पुल, फेनार्गन १९४ एम्पुल, डाइजेल्याब १९४ एम्पुल र नुर्फिन ४६ एम्पुल बरामद गरिएको प्रभागका प्रमुख केशव भट्टले जानकारी दिनुभयो । अभियुक्त गिरीलाई थप अनुसन्धान र आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्