२३ जेठ २०८३, शनिबार

जनकपुरमा संसद बैठकको रौनक, बैठक कक्ष बाहिर लाइभ हेर्ने व्यबस्था

जनकपुरमा संसद बैठकको रौनक, बैठक कक्ष बाहिर लाइभ हेर्ने व्यबस्था

जनकपुरधाम २१ माघ– प्रदेश नम्बर २ को प्रदेश सभाको बैठक जनकपुरमा शुरु भएको छ । आइतवार मध्यान्ह १२ बजेर ९ मिनेटमा संसदको अधिवेशन शुरु भएको हो । 

राष्ट्रिय गान बजाएर शुरु भएको बैठकको शुरुमा शहीदप्रति मौन धारण गरिएको थियो ।

बैठक कक्षमा मधेश आन्दोलनका शहीदको फोटो नराखिएको भन्दै राजपा सांसदहरु मनीषकुमार सुमन, परमेश्वर साह र डा डिम्पलकुमारी झाले आपत्ति जनाएका थिए ।

बैठकको अध्यक्षता गरेका जेष्ठ सदस्य ललनलाल चौधरीले पहिलो बैठक भएकोले त्रुटि भएको भन्दै उनले तत्काल शहीदको फोटो राख्ने आदेश दिए । 

त्यसपछि बैठक शुरु भएको छ । बैठकको विशेष समयमा संघीय समाजवादी फोरमका लालबाबु राउतले धारणा राखिसकेका छन् । अन्य दलका सांसदले पनि बोल्न पाउने छन् ।

प्रदेश बैठक हेर्न सर्बसाधारणको भीड लागेको छ । बैठक कक्ष बारिह टेलिभिजनमा लाइभ हेर्ने व्यबस्था गरिएको छ ।  

संसदको पहिलो अधिवेशनको शुरुमा प्रदेश प्रमुखको प्रदेश सभा वैठक आव्हान सम्वन्धी सूचना पढेर सुनाउने कार्यसूची छ । 
 

salt training

कमेन्ट गर्नुहोस्