३० जेठ २०८३, शनिबार

चीनले दियो अमेरिकालाई चेतावनी : शीतयुद्धको मानसिकताबाट निस्क, हामीलाई सानो नठान

चीनले दियो अमेरिकालाई चेतावनी : शीतयुद्धको मानसिकताबाट निस्क, हामीलाई सानो नठान

काठमाडौं, २१ माघ — चीनले अमेरिकालाई शीतयुद्धकालीन मानसिकताबाट बाहिर आउन चेतावनी दिएको छ । आफूहरूको सैन्य शक्तिलाई पनि अमेरिकाले कम आँक्न नहुने उसको भनाइ छ । 

वाशिङटनले शुक्रवार आफ्नो आणविक क्षमता बढाउने सम्बन्धमा जारी गरेको दस्तावेज सार्वजनिक भएपछि चीनले यो टिप्पणी गरेको हो । 

चीनको रक्षा मन्त्रालयले आइतवार सार्वजनिक गरेको बयानमा भनिएको छ, ‘शान्ति र विकासको मुद्दा स्थायी हो । ठूलो आणविक क्षमता भएको अमेरिका जस्तो देशले शान्तिको सिद्धान्तमा काम गर्नुपर्छ ।’

अमेरिकाको साना परमाणु हतियार विकसित गर्ने प्रयासलाई रुसले पनि निन्दा गरेको छ । रुसका अनुसार, अमेरिकाको यो प्रयासले विवाद बढाउँछ । अनि यसले दुई देशबीचको तनाव पनि चर्काउने सम्भावना रहन्छ । 

फेब्रुअरीको शुरूआतमा अमेरिका सेनाले जारी गरेको नयाँ सुरक्षानीतिमा चीन र रुसलाई प्रतिगामी शक्ति (रिभिजनिस्ट पावर) बताइएको छ । अमेरिकी अधिकारीहरूका अनुसार, आणविक हतियारहरूमार्फत अमेरिकाले रुसको खतरा सामना गर्नसक्छ । 

चीनले अमेरिकामाथि गलत मूल्यांकनको आरोप लगाएको छ । चीन र अन्य मुलुकको बहानामा अमेरिका सधैं आणविक हतियार विकासमा लागेको चीनको भनाइ छ । 

चीनको रक्षा मन्त्रालयले भन्यो, ‘अमेरिकाले शीतयुद्धकालीन मानसिकता त्याग्ने हामी आशा गर्छौं । चीन र अमेरिकाबीच सुसम्बन्ध कायम भएमा प्रशान्त क्षेत्रमा स्थिरता कायम रहन्छ ।’

एजेन्सी 
 

salt training

कमेन्ट गर्नुहोस्