२३ जेठ २०८३, शनिबार

प्रदेश संसद्मा उठ्यो रेशम चौधरीको पक्षमा आवाज, ‘विजयको प्रमाणपत्र दिएमात्र सामाजिक सद्भाव’

माघ २१, २०७४
प्रदेश संसद्मा उठ्यो रेशम चौधरीको पक्षमा आवाज, ‘विजयको प्रमाणपत्र दिएमात्र सामाजिक सद्भाव’

धनगढी, २१ माघ – प्रदेश नं. ७ का सांसदहरुले सुदुर पश्चिमको विकासको लागि साझा संकल्प बनाउनु पर्नेमाा जोड दिएका छन् । आइतवार धनगढीमा भएको पहिलो प्रदेश सभा बैठकमा बोल्ने ४ दलका सांसदहरुले यसअघि पिछडिएको सात नम्बर प्रदेश अब विकास र समृद्धिको चरणमा प्रवेश गर्ने विश्वास लिएका हुन् । 

प्रदेश सभाको पहिलो बैठकको विशेष समयमा बाजुरा जिल्लाबाट निर्वाचित एमालेका सांसद प्रकाशबहादुर शाहले लामो संक्रमणकालपछि आजदेखि स्थायी र समृद्धिको युग सुरु भएको उल्लेख गरे । प्रदेश नं. ७ सम्भावनाले भरिएकोले यहाँको प्राकृति स्रोत साधनको सदुपयोग गरेर समृद्धिको बाटो पहिल्याउनुपर्ने उनको भनाई थियो ।

त्यस्तै नेपाली काँग्रेसका सांसद भरत खड्काले अबको समय हौसिने, मात्तिने नभएको बताउदै राष्ट्रिय अखण्डता, आर्थिक समृद्धिको लागि जुट्नुपर्ने बेला आएको उल्लेख गरे । सत्ता पक्ष र प्रतिपक्ष नभनी अबको समय विकासको  लागि खर्चनु पर्ने खड्काको भनाई थियो । 

सत्ता पक्ष र प्रतिपक्ष नभनी अबको समय विकासको  लागि खर्चनु पर्ने खड्काको भनाई थियो ।

नेकपा माओवादी (केन्द्र) का सांसद त्रिलोचन भट्टले प्रदेश सरकारले अबको समयमा दुरदराजका जनताले महसुस गर्न सक्ने विकासको अनुभुती गराउन सक्नु पर्नेमा जोड दिए । यहाँको जलस्रोतलाई मात्रै सदुपयोग गर्न सके प्रदेश समृद्धि बन्ने उनको दावी थियो ।

त्यस्तै, राष्ट्रिय जनता पार्टीकी सांसद मालामति रानाथारुले टीकापुर घटना राजनीतिक घटना रहेकोले तत्काल सम्बोधन गर्नुपर्ने माग गरिन् । थरुहट र मधेश आन्दोलनको क्रममा घटेको घटना छानविनको लागि सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वको आयोगले तयार पारेको प्रतिवेदन तत्काल सार्वजनिक गरी कार्यान्वयन गरिनु पर्नेमा माग राखिन् । 

साथै उनले प्रतिनिधि सभा सांसद रेशमलाल चौधरीलाई बिजयको प्रमाणपत्र दिनुपर्नेमा अडान राख्दै तबमात्रै सामाजिक सद्भाव सुमधुर हुने उल्लेख गरिन् । ५३ जना सांसद रहेको प्रदेश नं. ७ को प्रदेश सभाको सञ्चालन जेष्ठ सांसद दिव्यश्वरी शाहले गरेकी थिइन् । प्रदेश सभाको दोस्रो बैठक माघ २९ गते बस्ने भएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्