२४ जेठ २०८३, आइतबार

माल्दिभ्समा सरकार र अदालतबीच खटपट

माघ २२, २०७४
माल्दिभ्समा सरकार र अदालतबीच खटपट

काठमाडौं, २२ माघ– माल्दिभ्स सरकार र अदालतबीच खटपट शुरु भएको छ । सरकाले राष्ट्रपति अब्दुल्लाह यामिनलाई गिरफ्तार गर्न वा महाभियोग लगाउन सर्वोच्च अदालतले आदेश दिए नमान्न सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

माल्दिभ्सको सर्वोच्च अदालतले पूर्व राष्ट्रपति मोहम्मद नसिदमाथि लागेको आतंकवादको आरोप खारेज गर्दै पक्राउ परेका विपक्षी ९ जना सांसदलाई रिहा गर्न आदेश दिएको थियो । आदेशसँगै माल्दिभ्समा विपक्षी दलले संसद्मा बहुमत प्राप्त गरेको छ । तर माल्दिभ्स सरकारले अदालतको आदेश अस्वीकार गर्दै संसद् नै स्थगित गरिदिएको छ ।

अदालतको आदेशपछि महान्यायाधीवक्ता मोहम्मद अनिलले राष्ट्रपतिलाई गिरफ्तार गरिनु गैरकानुनी हुने बताए । उनले सर्वोच्च अदालतले राष्ट्रपतिलाई पदच्युत गराउन खोजेको आरोप लगाए । उनले सेना र प्रहरीलाई असंवैधानिक आदेश पालना नगर्न निर्देशन दिए ।

पूर्वराष्ट्रपति मोहम्मद नासिदले राष्ट्रपति यामिनले तत्काल सत्ता छाड्नुपर्ने बताएका छन् । उनले सुरक्षा फौजलाई देशको संविधानको रक्षा गर्न पनि आह्वान गरेका छन् । उनीमाथि सन् २०१५ मा आतंकवादको आरोप लागेको थियो । तर सर्वोच्च अदालतले त्यो आदेश राजनीतिक रुपमा अभिप्रेरित भएको ठहर गरेको छ ।

यता विपक्षी दल माल्दिभ्स डेमोक्रेटिक पार्टीले अदालतको आदेशको पालना गर्न सरकारलाई आग्रह गरेको छ । विपक्षी दलका प्रवक्ता अब्दुल गफूरले सरकारले आदेशको पालना नगरेको भन्दै प्रधानन्यायाधीशसहित दुई जना वरिष्ठ न्यायाधीशलाई पक्राउ गर्न सरकारले प्रयास गरेको आरोप लगाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्