०९ असार २०८३, मंगलबार

रेखा र रमितको ७ वर्षपछि भेट- के भयो कुराकानी ?

रेखा र रमितको ७ वर्षपछि भेट- के भयो कुराकानी ?

काठमाडौं, २२ माघ– कुनै समय ‘हट एन्ड हिट’ जोडीको रुपमा रहेको नायिका रेखा थापा र नायक रमित ढुंगाना फेरिसँगै पर्दामा देखिने सम्भावना बढेको छ । ७ वर्षपछिको भेटले यो सम्भावना बढाएको हो ।
 
हाल ‘शिरफूल’ नामक फिल्मको छायांकनमा व्यस्त रेखालाई भेट्न आइतवार रमित सुटिङ सेटमा नै पुगेका थिए । भेटपछि रेखाले रमित को–एक्टर मात्र नभएर मिल्ने साथी पनि भएको प्रतिकृया दिइन् । ७ वर्षपछि रमितसँगको भेट सरप्राइज भएको उनले बताइन् । रेखाले भनिन्, ‘म निकै खुसी छु ।’ ‘अब म बाहिरी ब्यानरको फिल्म गर्दिन । मैले निर्माण गर्ने फिल्ममा यदी सुहाउँदो भूमिका भए रमितसँग फेरि काम गर्नेछु ।’

वितरक गोपालकाजी कायस्थले रेखा र रमितलाई भेटाएका हुन् । रमितलाई एक्कासी देखेपछि रेखा आश्चर्यमा परेकी थिइन् । यी दुईले झन्डै १ घण्टा भलाकुसारी गरे र छुटिए । 

रमित र रेखाले ‘देवर बाबु’, ‘धड्कन’, ‘मनमा माया’, ‘दुर्गा’, ‘सहारा’, ‘हामी ट्याक्सी ड्राइभर’ जस्ता फिल्ममा सँगै काम गरेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्