
काठमाडौं, २२ माघ — सामाजिक सञ्जालमध्ये फेसबूक नै प्रयोगकर्ताहरूले सबभन्दा धेरै प्रयोग गर्ने साइट हो । फेसबूकमा नै मानिसहरूले आफ्नो जानकारी सबभन्दा बढी शेयर गर्छन् । त्यसैले यो सुरक्षित हुनु जरूरी छ ।
फेसबूक आफैंले अनेकौं टूल दिएर युजरहरूलाई अकाउन्ट सुरक्षित राख्ने उपाय सिकाएको छ ।
सबभन्दा पहिले फेसबूक अकाउन्ट लगइन गर्नुस् र टप राइटमा रहेको उल्टो त्रिकोणमा क्लिक गर्नुस् ।
त्यसपछि सेटिङमा जानुस् ।
त्यहाँ लेफ्टमा रहेको सेक्युरिटी एन्ड लगइन नामक मेनुमा क्लिक गर्नुस् ।
त्यहाँ तपाईंले ती तमाम ग्याजेटका लिस्ट देख्नुहुनेछ जसमा तपाईंले लगइन नगर्नुभएको हुनसक्छ । त्यसो हो भने तपाईंको अकाउन्ट ह्याक भएछ । त्यस्ता डिभाइसमा दिइएका तीनवटा थोप्लामा क्लिक गर्नुस् । त्यहाँ तपाईंले नट यु भन्ने अप्सन देख्नुहुनेछ । त्यसमा क्लिक गर्नुस् ।
अब फेसबूकले तपाईंलाई अकाउन्ट सेक्योर गर्न भन्छ र तपाईंलाई अकाउन्ट सुरक्षित राख्नका लागि विस्तृत विवरण दिन्छ जसमा सुरक्षा बलियो बनाउने विकल्पहरू दिइन्छन् ।
हरेक डिभाइसका लागि लगआउट अप्सन पाउनुहुनेछ अनि लिस्टको अन्त्यमा तपाईंले एकैचोटिमा सबै सेसनबाट लगआउटको अप्सन पाउनुहुन्छ ।
फेसबूक अकाउन्ट सुरक्षित राख्नका लागि तपाईंले टु फ्याक्टर अथेन्टिकेसन पनि प्रयोग गर्न सक्नुहुन्छ । यसलाई इनेबल गरेपछि तपाईंले नयाँ डिभाइसमा लगइन गर्दा एसएमएस पाउनुहुन्छ । अनि तपाईंले ट्रस्टेड कन्ट्याक्ट्स पनि छान्न सक्नुहुन्छ । यसो गर्दा तपाईंको अकाउन्ट ह्याक भएमा यसको सहायताले अकाउन्ट अनलक गर्न सक्नुहुन्छ ।
अनि अलर्ट इनेबल गर्नुभए पनि हुन्छ । अन्य डिभाइसबाट तपाईंको अकाउन्ट लगइन भएमा तपाईंले एउटा मेसेज पाउनुहुनेछ । यो मेसेज एसएमएस वा इमेलमा आउन सक्छ ।
एजेन्सी