०६ असार २०८३, शनिबार

जनमोर्चाका सांसदले प्रदेशसभामा भने, 'संघीयता हिराको सिक्रीले बाँधेको भालुजस्तो भयो'

जनमोर्चाका सांसदले प्रदेशसभामा भने, 'संघीयता हिराको सिक्रीले बाँधेको भालुजस्तो भयो'

पोखरा, २२ माघ-संघीयताप्रति असहमति जनाउँदै आएको राष्ट्रिय जनमोर्चाका प्रदेश सांसद कृष्ण थापाले नेपालको संघीयता 'हिराको सिक्रीले बाँधिएको भालुजस्तो' भएको टिप्पणि गरेका छन् ।

बाग्लुङबाट निर्वाचित सांसद् थापाले प्रदेश ४ को पोखरामा बसेको पहिलो प्रदेशसभा बैठकमा मन्तव्य राख्ने क्रममा यस्तो बताएका हुन् ।

'संघीयता जहिलेसुकै हाम्रो असहमति रहेको विषय हो,' थापाले भने, 'आज संघीयता हिराको सिक्रीले बाँधिएको भालुजस्तो भएको छ, यसले नेपाली जनतालाई असाध्यै अप्ठ्यारो परिस्थिति सिर्जना गर्नेछ ।'

जनताको शत्रु राजनीतिक भ्रष्टाचार भएको भन्दै उनले प्रदेशसभालाई उत्पीडित जनताको पक्षमा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

नेपालमा दक्षिण र पश्चितमको प्रभाव पर्ने गरेको भन्दै उनले त्यस्तो प्रभाव देखिनु नहुने बताए ।

salt training

कमेन्ट गर्नुहोस्