३० जेठ २०८३, शनिबार

उपत्यकामा बढ्दो अपराध : ५ वर्षीय बालिका समेत बलात्कारको शिकार

उपत्यकामा बढ्दो अपराध : ५ वर्षीय बालिका समेत बलात्कारको शिकार

भक्तपुर, २२ माघ– भक्तपुरको कमलविनायकमा एक ५ वर्षीया बालिका समेत बलात्कारको शिकार भएकी छन् । 

प्रहरीले ५ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै कमलविनायकबाट एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पक्राउ पर्नेमा ललितपुर बुङमति घर भइ कमलबिनायक बस्दै आएका १८ वर्षीय वसन्त तामाङ छन् । 

कोही नभएको मौका पारेर बसन्तले आफ्नो कोठामा लगेर ५ वर्षिया बालिकामाथि जबरजस्तीकरणी गरेका थिए । 

अभिभावकले बालिकामाथि जबरजस्तीकरणी गरेको भन्दै बसन्तविरुद्ध उजुरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

प्रहरीले बसन्तमाथि थप अनुसन्धान गरिएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्