२७ असार २०८३, शनिबार

शुरु भयो प्रदेश १ को पहिलो प्रदेशसभा बैठक

शुरु भयो प्रदेश १ को पहिलो प्रदेशसभा बैठक

विराटनगर, २२ माघ-प्रदेश नम्बर १ को पहिलो प्रदेशसभा बैठक शुरु भएको छ ।

प्रदेशको अस्थायी राजधानी विराटनगरमा दिउँसो करिब सवा १ बजेबाट शुरु भएको बैठकको अध्यक्षता जेष्ठ सदस्य ओमप्रकाश सरावगीले गरेका छन् ।

बैठकको प्रारम्भमा सरावगीले प्रदेश प्रमुख गोविन्द सुब्बाले अधिवेशन आह्वान गरेकोसम्बन्धी पत्र पढेर सुनाएका थिए । त्यसपछि शहीदका नाममा १ मिनेट मौनधारण गरी बैठक अघि बढेको छ ।

बैठकमा अहिले दलका प्रतिनिधिहरुले धारणा राखिरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्