०१ साउन २०८३, शुक्रबार

सामुद्रिक डाँकुको कब्जामा परेको भारतीय पानीजहाज अपहरणमा मुक्त

सामुद्रिक डाँकुको कब्जामा परेको भारतीय पानीजहाज अपहरणमा मुक्त

नयाँदिल्ली, २३ माघ -पश्चिम अफ्रिकामा २२ जना भारतीय चालक दलका सदस्यसहित अपहरणमा परेको पानीजहाज मुक्त भएको भारतीय अधिकारीहरुले जनाएका छन् । 

सो जहाजमा १३ हजार ५०० टन पेट्रोल रहेको बताइएको थियो । उक्त पानीजहाज पश्चिम अफ्रिकी बेनिन्को कोतोनोउ सहरक्षेत्रको समुद्रबाट गत बिहीबारदेखि हराएको र पछि अपहरणमा परेको आशङ्का गरिएको थियो । 

भारतीय विदेशमन्त्रालयका प्रवक्ता रविस कुमारले भारतले नाइजेरियामार्फत बेनिन्मा सम्पर्क गरिरहेको जानकारी दिनुभएको थियो । आज सो विमान अपहरणबाट मुक्त भएको जानकारी भारतीय अधिकारीहरुले दिएका समाचरमा जनाइएको छ । 

बिहीबारबाट सम्पर्कबिहीन भएको यस जहाज सामुद्रिक डाँकुको कब्जामा रहेको पछि पत्ता लागेको थियो । 

उनीहरुले मङ्गलबार जहाज मुक्त गरिदिएको बताएपछि सो जहाज र यसका सबै सदस्यहरु जहाजको क्याप्टेनको नियन्त्रणमा आइसकेका समाचारमा उल्लेख गरिएको छ । 


अपहरणमुक्त जहाज र यसका सबै सदस्यहरु सकुशल रहेका अधिकारीहरुले जनाएका छन् । 

जहाजलाई अपहरणमुक्त गर्ने काममा लाग्ने सबैलाई भारत सरकारले धन्यवाद ज्ञापन परेको छ । 

salt training

कमेन्ट गर्नुहोस्