३२ असार २०८३, बिहीबार

निर्वाचनको सम्पूर्ण नतिजा फागुन पहिलो साता राष्ट्रपतिसमक्ष पेश गर्छौं : निर्वाचन आयोग

निर्वाचनको सम्पूर्ण नतिजा फागुन पहिलो साता राष्ट्रपतिसमक्ष पेश गर्छौं : निर्वाचन आयोग

काठमाडौं २३ माघ– निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको नतिजासहित प्रतिनिधिसभाको समानुपातिकतर्फको नतिजा फागुन पहिलो साता राष्ट्रपतिसमक्ष पेश गर्ने भएको छ । 

निर्वाचन आयोगमा मंगलवार आयोजित पत्रकार सम्मेलमा प्रमुख निर्वाचन आयुक्त डा अयोधी प्रसाद यादवले फागुन पहिलो साता भित्र नतिजा बुझाउने तयारी गरेको बताएका हुन् । मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा चुनावको समानुपातिकको नतिजा सार्वजनिक भएको छैन । 

राष्ट्रिय सभाको अन्तिम नतिजा आएलगत्तै प्रतिनिधि सभाको समानुपातिक तर्फको नतिजाका लागि तीन दिनको समय दिएर  समावेशी सूची पेश गर्न राजनीतिक दललाई आग्रह गरिने यादवले बताए । 
निर्वाचन आयोगले सम्पूर्ण नतिजा सार्वजनिक गरेपछि मात्र राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

६ प्रदेशमा मात्र निर्वाचन 

आयोगले भोलि हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । पत्रकार सम्मेलनमा प्रमुख आयुक्त यादवका अनुसार प्रदेश नम्बर १ मा ३ जनाको लागि, प्रदेश नम्बर ३ मा ८ जनाको लागि निर्वाचन हुनेछ ।

प्रदेश नम्बर ४ मा ७ जनाको लागि तथा प्रदेश नम्बर ५ मा ५ सदस्यका लागि चुनाव हुनेछ । प्रदेश नम्बर ६ मा ८ जना तथा प्रदेश नम्बर ७ मा २ सदस्यको लागि निर्वाचन हुने छ । प्रदेश नम्बर २ का ८ वटै सदस्य निर्विरोध विजयी भइसकेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्