३० असार २०८३, मंगलबार

बसको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि पोखराको पीएन क्याम्पसअगाडि तनाव

बसको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि पोखराको पीएन क्याम्पसअगाडि तनाव

पोखरा, २३ माघ-नगरबसको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि पोखराको पृथ्वीनारायण क्याम्पस अगाडिको क्षेत्र तनावग्रस्त बनेको छ ।

सोमबार साँझ क्याम्पस गेटअगाडि बसले ठक्कर दिँदा नेपाल विद्यार्थी संघ स्याङ्जा-पीएन क्याम्पस सम्पर्क समिति सभापति बोधराज ढकालको मृत्यु भएपछि विद्यार्थीहरु प्रदर्शनमा उत्रिएकाले स्थिति तनावग्रस्त बनेको हो ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको छ । त्यसक्रममा केहीबेर प्रहरी र विद्यार्थीबीच झडप भएको थियो ।

प्रहरीले ११ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्