०५ साउन २०८३, मंगलबार

सुमार्गीले विदेशबाट ल्याएको पैसा नरोक्न सर्वोच्चको आदेश

सुमार्गीले विदेशबाट ल्याएको पैसा नरोक्न सर्वोच्चको आदेश

काठमाडौं, २३ माघ-सर्वोच्च अदालतले मुक्तिश्री प्रा.लि.का अध्यक्ष अजेयराज सुमार्गीले वैदेशिक लगानीका नाममा विदेशबाट ल्याएको करिब सवा २ अर्ब रुपैयाँ नरोक्न आदेश दिएको छ ।

न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले सो रकम रोक्नुपर्ने कुनै कानूनी आधार र कारण नदेखिएको भन्दै निवेदकको मागअनुसार तत्काल भुक्तानी गर्नु/गराउनु भन्ने आदेश दिएको साे रिटमा बहस गरेका वरिष्ठ अधिवक्ता रामनारायण विडारीले जानकारी दिए ।

मंगलबार भएको बहसपछि सर्वोच्चले विषयको गाम्भीर्यताका हिसाबले आगामी फागुन २ गते वृहत्तर छलफलका लागि दुवै पक्षलाई उपस्थित गराउन आदेशसमेत दिएको छ ।

सुमार्गीको नेपाल स्याटेलाइट टेलिकम कम्पनीले आफूले ल्याएको वैदेशिक लगानीको रकम राष्ट्र बैंकले अवैधानिकरूपमा रोकेको भन्दै फुकुवा गरिदिन मागसहित आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्