०६ असार २०८३, शनिबार

जापानी राजकुमारी माकोको विवाह सन् २०२० मा मात्र हुने

जापानी राजकुमारी माकोको विवाह सन् २०२० मा मात्र हुने

टोकियो, जापान, २३ माघ -जापानी राजकुमारी माको तथा केइ कुमुरोबीच अर्को महिना हुने भनिएको विवाहपूर्वको औपचारिक कार्यक्रमलाई प्रशस्त तयारी नपुगेको भनी आगामी दुई बर्षपछि गर्नेगरी सारिएको स्थानीय सञ्चारमाध्यमले मङ्गलबार जनाएका छन् । 

सम्राट अकिहितोकी सबैभन्दा जेठी नातिनी २६ बर्षीय माको र कुमुरोको यही मार्चमा परम्परागत अदालती समारोहकाबीच अनुबन्ध हुने र नोभेम्बर ४ मा विवाह गर्ने तयारी रहेको थियो । 

हामी दुवैजनाको विवाहका लागि प्रशस्त तयारी नपुगेकाले अर्को मितिमा गर्नेगरी हाललाई वैवाहिक कार्यक्रम स्थगित गरिएको छ, राजकुमारी माकोद्वारा जारी विज्ञप्तिलाई उद्धृतगरी जापानी सञ्चारमाध्यम जिजीले लेखेको छ ।रासस

salt training

कमेन्ट गर्नुहोस्