२१ जेठ २०८३, बिहीबार

प्रदेश ४ मा राष्ट्रियसभाको मतगणना सकियो, कांग्रेस र एमाले बराबर

प्रदेश ४ मा राष्ट्रियसभाको मतगणना सकियो, कांग्रेस र एमाले बराबर

पोखरा, २४ माघ – राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश नं ४ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । 

सम्पन्न मतगणनाअनुसार यस प्रदेशबाट कूल आठजना निर्वाचित हुनुपर्नेमा महिला तर्फबाट नेपाली काँग्रेसका बिन्दादेवी आले (राना) तथा नेकपा (एमाले)का दीपा गुरुङ र शान्ति कुमारी अधिकारी जिसी निर्वाचित भएका क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालाल सुवेदीले जानकारी दिए । 

त्यस्तै, दलित तर्फबाट नेकपा (माओवादी केन्द्र)का खिमकुमार विक निर्वाचित भएका छन् । अन्य समूहका विजेता तीन जनामा काँग्रेसका सुरेन्द्रराज पाण्डे, एमालेका गणेशप्रसाद तिमिल्सिना र माओवादी केन्द्रका दीननाथ शर्मा छन् । 

अपाङ्गतर्फबाट काँग्रेसका प्रकाश पन्थ यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए । आजको मतदानमा कूल २३० जना मतदाता रहेकामा २२९ जनाले मतदान गरेका थिए । 

कूल ८ सिटमध्ये प्रदेश ४ मा एमाले र कांग्रेस ३–३ तथा नेकपा माओवादी केन्द्र २ सिटमा विजयी भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्