
काठमाडौं, २५ माघ– राष्ट्रियसभामा पनि नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धनको प्रष्ट बहुमत आएको छ । राष्ट्रियसभा सदस्यका कुल ५९ सिटमध्ये ५६ जना निर्वाचित भएका छन् भने बाँकी ३ जना सरकारले मनोनयन गर्ने व्यवस्था छ ।
राष्ट्रियसभा सदस्यमा २४ जना निर्वाचन अगाडि नै निर्विरोध निर्वाचित भइसकेका थिए भने बुधवार ३२ सिटका लागि मतदान भएको थियो । प्रदेश २ मा कूल ८ सिटमध्ये सबैजना निर्विरोध निर्वाचित भएका थिए भने बुधवार प्रदेशनम्बर १, ३, ४, ५, ६ र ७ मा मतदान भएको थियो ।
विजयी उम्मेदवार
प्रदेश १
एमाले
१) नैनकला ओझा
२) हरिचरण शिवाकोटी
३) पर्शुराम मेघी गुरुङ
४) खेम नेपाली
५) अगमप्रसाद वान्तवा
कांग्रेस
१) सरिता प्रसाईं (कांग्रेस)
२) रमेशजंग रायमाझी (कांग्रेस)
माओवादी केन्द्र
१) बिना पोखरेल
प्रदेश २
राजपा
१) रमेश यादव
२) वृशेषचन्द्र लाल
फाेरम
१) रामप्रित पासवा
२) प्रमिलाकुमारी यादव
कांग्रेस
१) मुक्ताकुमारी यादव
२) जितेन्द्र देव
एमाले
१) सुमन प्याकुरेल
माओवादी केन्द्र
१) शशिकला दाहाल
प्रदेश ३
एमाले
१) दिलकुमारी रावल
२) सिंहबहादुर विश्वकर्मा
३) रामचन्द्र राई
४) बलराम प्रसाद बास्कोटा
५) उदय शर्मा
कांग्रेस
१) धनकुमारी खतिवडा
२) राधेश्याम अधिकारी
माओवादी केन्द्र
रामबहादुर थापा 'बादल'
प्रदेश ४
कांग्रेस
१) प्रकाश पन्थ
२) बिन्दादेवी आले
३) सुरेन्द्र राज पाण्डे
एमाले
१) दीपा गुरुङ
२) शान्ती कुमारी अधिकारी
३) गणेश प्रसाद तिमल्सेना
माओवादी केन्द्र
१) खिम कुमारी बिक
२) दीनानाथ शर्मा
प्रदेश ५
एमाले
१) कोमल वली
२) मीना बुढा
३) रामलखन चमार
४) खिमलाल भट्टराई
कांग्रेस
१) अनिता देवकोटा
२) दुर्गाप्रसाद उपाध्याय
माअाेवादी केन्द्र
१) राजकुमार कुँवर
२) चन्द्रबहादुर खड्का
प्रदेश ६
एमाले
१) नरपति लुहार
२) कविता बोगटी
३) नन्दा शर्मा
४) भैरव सुन्दर श्रेष्ठ
५) ठगेन्द्र प्रकाश पुरी
माअाेवादी केन्द्र
१) जीवन बहादुर बुढा
२) युटुल लामा
३) कालीबहादुर मल्ल
प्रदेश ७
एमाले
१) चक्रप्रसाद स्नेही
२) कमला ओली
३) इन्दु कडेरिया विष्ट
४) शेरबहादुर कुँवर
कांग्रेस
१) बद्रीप्रसाद पाण्डे
२) तारादेवी भट्ट
माअाेवादी केन्द्र
१) हरिराम चौधरी
२) महेशकुमार महरा
मुख्यमन्त्री चयन निर्वाचनबाट– नेकपा एमालेले प्रदेश नम्बर ३ को संसदीय दलको नेता निर्वाचनबाट चयन गर्ने भएको छ । बुधबार बसेको प्रदेश सचिवालयको बैठकमा मुख्यमन्त्रीमा सहमति जुट्न नसकेपछि आगामी शुक्रबार बिहान ८ बजे प्रदेश संसदीय दलको बैठकपछि निर्वाचन गर्ने सहमति बनेको एमाले प्रदेश कमिटीले जनाएको छ । संसदीय दलको नेताका लागि प्रदेश संयोजक अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डेबीच मुख्य प्रतिस्पर्धा छ ।
नागरिकताको विवरण दिन अस्वीकार– सर्वोच्च अदालतमा पठाई सकिएको भन्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयले प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता सम्बन्धी विवरण दिन अस्वीकार गरेको छ । डा. गोविन्द केसीले पराजुलीको नागरिकता सम्बन्धमा जानकारी माग्दै गत माघ १० गते जिल्ला प्रशासनमा निवेदन दिएका थिए ।
सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतद्वारा हस्ताक्षरित पत्रमा सर्वोच्चले गत माघ ५ गते पराजुलीको नागरिकता सम्बन्धमा पठाएको पत्र अनुसार गत माघ ९ गते नै विवरण पठाई सकिएको उल्लेख छ ।
खड्गीमाथि प्रहरी अनुसन्धान– द्वन्द्व निर्देशक राजेन्द्र खड्गीविरुद्ध मानव तस्करीको अभियोगमा अनुसन्धान सुुरु भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले खड्गीले दक्षिण कोरियाको कार्यक्रममा सहभागी गराउने भन्दै मोटो रकम असुलेर विभिन्न व्यक्तिलाई दक्षिण कोरिया लाने गरेको भन्दै अनुसन्धान शुरु गरेको हो ।
प्रहरीका अनुसार उनले १५ भन्दा बढी व्यक्तिसँग रकम असुलेर कोरिया लगी उतै लुकाएका छन् । उनीविरुद्ध उजुरी परेपछि अनुसन्धान सुरु गरिएको प्रहरी स्रोतले बतायो ।
पुनर्निर्माण प्राधिकरण– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाण्डौ उपत्यकामा संयुक्त आवास प्रणाली विकास गर्ने योजना अघि सारेको छ । घना बसाई रहेको उपत्यकामा बहुस्वामित्व र बहुतले घरहरु बनाउने योजना प्राधिकरणले ल्याएको छ ।
प्राधिकरण, काठमाण्डौ महानगरपालिका, ललितपुर महानगरपालिकाको प्रतिनिधिहरुको संयुक्त बैठकले भूकम्पपछि काठमाण्डौं उपत्यकामा क्षतिग्रस्त घरहरु पुनर्निर्माण हुन नसकेको अवस्थालाई ध्यानमा राख्दै हाउस पुलिङ प्रणालीको माध्यबाट बस्ती विकास गर्ने निर्णय गरेको हो ।
टोली गठन– प्रमुख तीन विद्यार्थी संगठनले चर्को शुल्क असुल गर्ने मेडिकल कलेजको अनुगमन गर्न २१ सदस्यीय संयुक्त टोली गठन गरेका छन् । अनेरास्ववियुकी अध्यक्ष नविना लामा, नेविसंघका अध्यक्ष नैनसिंह महर र अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङको नेतृत्वमा प्रत्येक संगठनबाट ७–७ जना रहने गरी २१ सदस्यीय टोली गठन गरेको विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
उनीहरुले मापदण्ड र निर्देशन विपरीत बढी शुल्क असुली गर्ने युनिभर्सल मेडिकल कलेज, गण्डकी मेडिकल कलेज, चितवन मेडिकल कलेज, नेशनल मेडिकल कलेज र किस्ट मेडिकल कलेजमा अनुगमन गर्ने जनाएका छन् ।
साधारण शेयर- रसुवागढी हाइड्रोपावर लिमिटेड र सान्जेन जलविद्युत कम्पनीले फागुन ११ गतेदेखि साधारण शेयर निष्कासन गर्ने भएका छन् । दुई कम्पनीले पहिलो चरणमा सञ्चय कोषका सञ्चयकर्ता र कर्मचारी तथा कम्पनीका संस्थापक कम्पनीका लागि साधारण शेयर निष्कासन गर्न लागेका हुन् ।
रसुवागढीले १ अर्ब ६४ करोड २१ लाख ४ हजार रुपैयाँको १ करोड ६४ लाख २१ हजार कित्ता र सान्जेनले ८७ करोड ६० लाख रुपैयाँको ८७ लाख ६० हजार कित्ता शेयर निष्कासन गर्ने भएका हुन् ।
विदेशका खबर– उत्तर कोरियाका नेता किम जोन उनकी बहिनी किम यो जङ शुक्रबार दक्षिण कोरियामा हुने ओलम्पिकमा सहभागी हुने दक्षिण कोरियाले जनाएको छ । कान्छी बहिनी जङ गएको वर्षमा कम्युनिष्ट पार्टीको नीति निर्माण गर्ने स्थानमा पुगेपछि चर्चामा रहेकी थिइन् ।
दुवै कोरियाका खेलाडीले एउटै झण्डा लिएर ओलम्पिकको उत्घाटनमा सहभागी हुने बताएका छन् । उत्तर कोरियाले दक्षिण कोरियसँग बढाएको पछिल्लो सम्बन्धले दुई कोरियाबीचको सम्बन्ध सुध्रिदै गएको बताइएको छ ।
खेल खबर– संकटा क्लबलाई अतिरिक्त समयमा हराउँदै नेपाल पुलिस क्लब बुढासुब्बा गोल्डपको फाइनलमा प्रवेश गरेको छ । धरानमा बुधबार भएको सेमिफाइनलमा बुद्ध लामाको अतिरिक्त समयको गोल निर्णायक बन्दा पुलिसले आहा रारा गोल्डकप पछि लगत्तै अर्को फाइनल खेल्ने भएको हो ।