०१ असार २०८३, सोमबार

परिवारबाटै जलाएर युवतीको हत्या प्रयास

माघ २५, २०७४
परिवारबाटै जलाएर युवतीको हत्या प्रयास

जनकपुर, २५ माघ-धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–८ हार्सर बस्ने २० वर्षीया हजारा खातुनलाई श्रीमान्सहित परिवारका अन्य सदस्यले जिउमा मट्टीतेल छर्केर आगो लगाई हत्या गर्ने प्रयास गरेको बताइएको छ । हजाराको टाउकोभन्दा तल शरीरको सम्पूर्ण भाग जलेको छ।

जनकपुर अञ्चल अस्पतालमा उपचार नभएपछि उनलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरको प्रहरी टोलीले पीडितलाई उद्धार गरी उपचारका लागि जनकपुर अञ्चल अस्पताल पठाएको थियो ।

प्रहरीले पीडित हजाराको बयानका आधारमा श्रीमान् रसिद कवारीलाई पक्राउ गरेको छ । घटना शनिबार बिहान ९ बजेको हो । श्रीमान्सँग सम्बन्धविच्छेद गर्न नमान्दा सम्पूर्ण सदस्यले जलाएर हत्या गर्ने प्रयास गरेको हजाराको माइती पक्षको आरोप छ , नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्