
चितवन, २५ माघ– नारायणगढ–मुग्लिन सडकखण्ड अन्तरगत भरतपुर महानगरपालिका २९ गाईघाटमा कन्टेनरसँग ठोक्किएर दुध बोक्ने ट्याङकर त्रिशुली नदीमा खस्दा दुई जनाको मृत्यु भएको छ ।
नारायणगढबाट काठमाडौं तर्फ जाँदै गरेको बा ४ ख ६९५३ नम्बरको दुध बोक्ने ट्याङकर विपरित दिशाबाट आउँदै गरेको ना ७ ख ४३१४ नम्बरको ट्रकसँग ठक्कर खाएको थियो । दुर्घटनामा ट्याङकरका चालक र सहचालकको मृत्यु भएको हो । तर, उनीहरुको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
ट्याङकर सडकवाट नदीमा खसेको र पानीमा थोरै भाग मात्र देखिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । ठोकिएको ट्रक भने सडकको कुनातर्फको नालिमा खसेको छ ।